लक्ष्मी ग्रुप ४७ औं वर्षमा, कर्मचारीलाई सम्मान

पोखरा, ५ पुस ।

पोखराको लक्ष्मी ग्रुप ४७ औँ वर्षमा प्रवेश छ । यसअवसरमा ग्रुपले विभिन्न तहका कर्मचारीहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा क्रमशः सुरज शाही, खड्ग बहादुर थापा, श्याम मल्ल, हिमलाल पौडेल, लक्ष्मण अधिकारी, रविन्द्र तिवारी, दामोदर अधिकारी, कविन्द्र नापीत, केशव भट्टर्राइ, चन्द्र ज्योती भट्टर्राइ, पदम बहादुर गुरुङ्ग, प्रकाश पौडेल, पितबहादुर घर्ती, धु्रब पौडेल रहेका छन् ।

उनीहरुलाई कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, निर्देशकहरु चन्द्रबहादुर राजभण्डारी, कृष्ण बहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, निरज श्रेष्ठ र सुजल श्रेष्ठले सम्मान गरेका थिए ।

उक्त अवसरमा कार्यकारी निर्देशक सुनिल श्रेष्ठले ग्रुपलाई यहाँसम्म ल्याउन सघाउने सबैप्रति आभार प्रकट गरे ।

कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सपना पाईजाले गरेकी थिइन् ।

लक्ष्मी ग्रुपले यहाँसम्म आइपुग्दा विभीन्न आरोह अवरोह पार गर्दै नेपालमा शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभिन्न क्षेत्रमा योगदान दिन सफल भएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close