सेन्टेनियल लायन्सद्धारा माक्स वितरण

पोखरा, २६ पुस ।

लायन्स क्लव अफ पोखरा सेन्टेनियलले पोखराका सामुदायिक विद्यालयहरुको लागि ५० हजार थान मास्क वितरण गरेको छ । आइतबार बाराही वेकरीको परिसरमा पोखराका २० वटा सामुदायिक विद्यालयलाई मास्क वितरण गरेको हो ।

प्रतिविद्यालयलाई २५ सय वटाका दरले मास्क वितरण गरिएको क्लवका अध्यक्ष प्रगत कायस्थले जानकारी दिए ।

केही दिनअघि नेपाल पत्रकार महासंघ कास्कीलाई १० हजार, काठमाठौंमा २५ हजार मास्क वितरण गरेको क्लवले सोमबार भने सुरक्षा निकायलाई मास्क वितरण गर्ने उनले जनाए ।

कोरोना संक्रमण हाल पनि जारी रहेको यो अस्थामा चाइनाको विभिन्न क्लवहरुसंगको सहकार्यमा आफूहरुले चाइनबाट २ लाख २५ हजार थान सर्जिकल मास्क ल्याएको अध्यक्ष कायस्थले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close