चिसोमा ओठ फुट्ने समस्या छ ? (यसरी जोगिनुस्)

पोखरा, २१ पुस ।
सामान्यत चिसो मौसममा ओठ फुट्ने समस्या धेरैको हुन्छ । यसले तपाईंको सौन्दर्यता मात्र बिगार्दैन दुख्ने, सुख्खा हुने, जस्ता समस्या पनि निम्त्याउँछ । तपाईंमा पनि यो समस्या छ भने हामीले केही टिप्स उल्लेख गरेका छौं । जुन टिप्स तपाईंका लागि गुणकारी बन्न सक्छ ।
-लिप बामको प्रयोग नियमित रूपमा गर्ने ।
-हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने ।
-हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने ।
-२४ घण्टासम्म रहने, पानी वा घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने ।
-कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओठ फूट्दैन ।
-पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
– जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ ।
-धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुँदैन।
-तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा पुग्छ ।
-ओठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क लगाउनु पर्छ।