शीर्ष स्थानको लिभरपुल पराजित

पोखरा, २१ पुस ।

शीर्ष स्थानको लिभरपुल पराजित भएको हो । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० ले पराजित भएको हो ।

ड्यानी इङ्सले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक भएपछि साउथह्याम्पटनले लिभरपुलविरुद्ध जित हात पारेको हो ।

हारका बाबजुद लिभरपुल शीर्ष स्थानमा कायमै छ । लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबर भए पनि लिभरपुल शीर्ष स्थानमा रहेको छ । साउथह्याम्पटन भने छैटौं स्थानमा उक्लिएको छ । साउथह्याम्पटनले १७ खेलमा २९ अंक जोडेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close