बेलायतमा फेरि लकडाउन

पोखरा, २१ पुस ।

कोरोना भाइरसको नयाँ लहर फैलिएपछि बेलायतमा फेरि लकडाउन गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसोनले घरभित्रै रहेर लकडाउनको पालना गर्न आह्वान गरेका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसोनले सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि लकडाउन आवश्यक भएको बताए ।

अस्पताल, घरेलु हिंसा तथा अत्यावश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने उनले जानकारी दिए ।

नयाँ प्रकारको कोरोना भाइरससमेत देखा परेको बेलायतमा हवाई उडानहरु स्थगित भइसकेका छन् । लकडाउन घोषणा भए पनि स्कुल, कलेज र विश्वविद्यालय पनि बन्द नगरिने जोनसोनले जनाएका छन् । लकडाउन आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म कायम हुन सक्ने जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close