तमुहरुले मनाए ल्होछार

पोखरा, १५ पुस ।

तमुहरुको महान चार्ड, नयाँवर्ष तमु (ल्वों) ल्होछार आगमनको अवसरमा तमुहरुले विविध कार्यक्रम गरी ल्होछार मनाएका छन् ।

च्यु ल्हो (मुसा वर्ग) को बिदाई र ल्वों ल्हो (गाई वर्ग)को स्वागत गर्दै गुम्बा, क्होइबो, समाजघरहरुमा विविध कार्यक्रम गरी ल्होछार मनाएका हुन् ।

कोभिडको संक्रमण भए पनि गुम्बा र क्होइबोमा पुजा, ग्रहशान्ति, खेगीहरु, लामा गुरुहरुबाट रिप लगाउदै ल्वोंले सुख, शान्ति र समृद्धिको लिएर आओस भन्दै मनाए ।

तमु समाजहरुमा स्योकैसहित विविध साँस्कृतिक कार्यक्रमहरु गरी ल्होछारमा तमु लगायत विभिन्न समुदायबाट समेत सहभागी भई रमाएका देखिन्थे ।

यसरी नै विगत करिब एक दशकदेखि पुस १६ गते कस्केली तमु संघ संस्थाहरुले सामुहिक रुपमा मनाउँदै आएको ल्होछार/ल्होसारलाई निरन्तरता दिने क्रममा बिहीवार तमु धिं नेपालको प्राङ्गणमा तमु ल्होछार मनाउने भएको छ ।

उक्त दिन तमुहरुको परम्परा खेल खुला छेलो प्रतियोगिताले समेत निरन्तरता दिने भएको छ । पुस १५ गतेसम्म आआफ्नै संस्थामा संस्थागत रुपमा ल्होछार मनाएका तमुहरु सामुहिक ल्होछार/ल्होसार कार्यक्रममा यस क्षेत्रका तमुहरु एकै थलोमा जुट्ने आयोजक समितिका सहसंयोजक जिफानका अध्यक्ष भोजबहादुर तमुले जानकारी दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close