मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलाडीलाई सम्मान गर्ने

पोखरा, २७ मंसिर ।

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले खेलाडी सम्मान तथा १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङले आगामी पुस २ गते एकेडेमीले रक्तदान कार्यक्रम समेत आयोजना गरेको जानकारी दिए ।

उनले सोही दिन खेलाडी सम्मान तथा १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्नेे तयारी भएको जानकारी दिए ।

उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा बक्सिङका स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापा मगर, नेपाल आर्मीकी मिनु गुरुङ र सुनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने स्पष्ट पारे ।

यसैगरी एकेडेमीले यही मंसिर ८ गते प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका प्याराग्लाइडिङ पाइलट, वडी विल्डिङ तथा क्योकिशन कराते खेलाडी राजु नेपालीको परिवारलाई एक लाख एक हजार १११ रुपैयाँ आर्थिक सहयोग गरिने सचिव कृण्ण तिमिल्सिनाले जानकारी दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close