खेलाडी तथा संघसंस्थालाई सम्मान गर्दै मदन भण्डारी स्पोटर्स एकेडेमी
पोखरा, १ पुस ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्न लागिएको संयोजक राजेशकुमार गुरुङले जानकारी दिए ।
कार्यक्रम भोलि पुस २ गते बिहीबार पोखरा रंगशालामा हुँदैछ । कार्यक्रममा राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश कुमार विष्ट सहभागी हुँदैछन् ।
संयोजक गुरुङका अनुसार १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा बक्सिङका स्वर्ण पदक विजेता भूपेन्द्र थापा, मिनु गुरुङ र सुनिल शाहीलाई सम्मान गर्न लागिएको हो ।
यसैगरी नेपाल पत्रकार महासंघ कास्की, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, खेलकुद पत्रकार मञ्च लगायतका संघसंस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।
यस्तै प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका प्यारा पाइलट, बडी विल्डर्स तथा क्योकिशन खेलाडी स्व. राजु गैरेको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरिने भएको छ ।
यस्तै, भलिवल प्रशिक्षक जीवन चौधरीलाई ७० हजार, भपलवल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार, क्रिकेट खेलाडी सन्तोष न्यौपानेलाई ३० हजार, टेनिस खेलाडी स्व. सुरज नगरकोटीको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रम रहेको संयोजक गुरुङले जानकारी दिए ।
यसैगरी पोखरा रंगशालामा कार्यरत श्याम विक, विभा विक र शुकबहादुर गुरुङलाई पनि सम्मान गरिनेछ । यस अवसरमा रक्तदान कार्यक्रममेत आयोजना गरिएको छ ।