मादी गाउँपालिकामा मजदूरको शव फेला

पोखरा, २४ मंसिर ।

कास्कीको मादी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । मादी गाउँपालिका वडा नं. २ ल्याप्रायाङस्थित खोलामा आज बिहान युवकको शव फेला परेको हो ।

ती युवक रुपन्देही देवदह नगरपालिका ५ घर भई मादी गाउँपालिकाको ताङतिङमा मजदुर काम गर्ने वर्ष २९ बल्लु परियार रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उनको मृत्यु के कारणले भयो भन्ने विषय खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close