विकास र परिवर्तन रातारात सम्भव हुँदैन : मेयर जिसी

पोखरा, १ माघ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सेवा प्रवाहलाई व्यवस्थित र नागरिकलाई सहजरुपमा सेवा पु¥याउने उद्देश्य महानगरपालिकाको रहको बताएका छन् ।

पोखरा ७ को वडा कार्यालय भवन शिलान्यास गर्दै उनले पोखरा महानगरपालिका विधि र कानूनको पालना गर्दै आफ्नो भिजन र मिशन अनुसार अगाडि बढेको स्पष्ट पारे ।

मेयर जिसीले विकास र परिर्वतन रातारात सम्भव नहुने भन्दैै पोखरा महानगरबासीमा आशा र विश्वास दिलाउने गरी काम गर्न आफू लागिपरेको बताए ।

पोखरा ७ को वडा भवन शिलान्यास गर्दै मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ । तस्वीर : पोखरा महानगरपालिका ।

उपमेयर मञ्जुदेवी गुरुङले नागरिकलाई सेवा प्रवाह सहज बनाउन पूर्वाधारमा जोड दिइएको बताइन् । वडाकार्यालय निर्माण गर्न कार्यालयहरु व्यवस्थित हुनुपर्ने भन्दै त्यही अनुसार वडा कार्यालय निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए ।

वडा कार्यालय निर्माणमा नागरिकहरुले निगरानी र खवरदारी गरेर समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिइन् । उपमेयर गुरुङले कोरोना भाइरसका कारण विकासका आयोजना प्रभावित भएको समेत बताए ।

पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रमममा नेकपाका वडाध्यक्ष पुरुषोत्तम रेग्मी, नेपाली कांग्रेसका वडा सभापति नवीन बराल, महानगरका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, वडा सदस्यद्धय प्रभा पन्त, किशोर बराल लगायतले बोलेका थिए ।

वडाको आफ्नै भवन बन्दै

रत्नचोकमा १ करोड ८० लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुने भएको छ । दुई रोपनी ६ आना क्षेत्रफलमा उक्त भवन बन्ने भएको हो । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दीपज्योति कन्ट्रक्सनले ठेक्का पाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close