चर्चित पर्यटकीय क्षेत्र मानुङमा जग्गा किनबेच खुला

तनहूँ, २३ पुस ।
चर्चित पर्यटकीय क्षेत्र तनहूँको मानुङमा जग्गा किनबेच गर्न पाइने भएको छ । यसअघि तनहूँको व्यास नगरपालिकाले जग्गा किनबेचमा प्रतिवन्ध लगाएको थियो ।
जग्गा विकास कार्यक्रमसहित व्यास-५, मानुङको विकासका लागि गुरुयोजना शुरु भएको भन्दै नगरपालिकाले जग्गा किनबेचमा रोक लगाएको थियो ।
बुधबार सम्पन्न नगर कार्यपालिका बैठकले माघ १ गतेदेखि जग्गा बिक्री वितरण कार्य खुला गर्ने निर्णय गरेको हो । बैठकले न्यूनतम ४ आना भन्दा कम नहुने गरी जग्गा बिक्री खुला गर्ने निर्णय गरेको जनाइएको छ ।
नगर कार्यपालिकाका निर्णयहरु