भीम रावलको अभिव्यक्तिले महिलामाथि अपमान भयो : उपमेयर गुरुङ

पोखरा, १४ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले ‘प्रधानमन्त्री ओलीको शरीरमा स्त्रीको अंग मिसिएकाले दिमागले काम नगरेको’ भन्ने अभिव्यक्ति दिएपछि तरंगित भएको छ । उनको यो अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले पनि नेता रावलको अभिव्यक्तिप्रति टिप्पणी गरेकी छन् । उनले आफ्नो फेसबुकमार्फत नेता रावलको भनाइप्रति आपत्ति प्रकट गरेकी हुन् ।

उपमेयर गुरुङले नेता रावलले यस्तो अभिव्यक्ति दिएर महिलाको अपमान गरेको भन्दै माफी माग्न आग्रह गरेकी छन् ।

उनले आफ्नो स्टाटसमा भनेकी छन्, ‘आदरणीय भिम वहादुर रावल कमरेड ! तपाईले “केपी ओलीको अंगमा स्त्रीको अंग मिस्सीएको हुदाकक दिमागले काम गरेन भन्ने टिप्पणी गरेर सम्पूर्ण महिलाहरूको अपमान गर्नु भएको छ । ठूलो भुल गर्नु भएको छ, यो भुल तपाईंको लागि सारै महंगो पर्नेछ । त्यसैले आफनो भुललाई स्विकारेर सम्पूर्ण आम, दिदी वैनी र छोरीहरुसंग माफी माग्नुस् । विशाल हृदय भएका महिलाहरुले माफी दिन पनि सक्छ ।’

उपमेयर गुरुङको फेसबुक स्टाटस

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close