समाचार

माघ ५, २०७७ सोमबार

पोखरा, ५ माघ ।

छिमेकी देश भारतमा एउटा अचम्मको घटना घटेको छ । विवाहको मण्डवबाट छोरा भागेपछि हुनेवाला बुहारीसँग एक बृद्धले विवाह गरेको खबर भाईरल भएको छ ।

भारतको बिहारमा ६५ वर्षका रोशनलाललाई २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य बनाएको खबर सार्वजनिक भएको छ । रोशनलालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला थियो ।

जन्ती कन्याको घरको ढोकामा पुगेको थियो तर रोशनको छोरा मण्डपबाट एकाएक भागे । छोरा मण्डपबाट भागेपछि बुवा नै मण्डपमा बस्न परेको थियो ।

कन्या पक्षले जन्ती खाली हात फर्कंदा केटी पक्षको बदनामी हुने बताएपछि दुई परिवारको इज्जत बचाउन रोशन आफै मण्डपमा बसेर विवाह सम्पन्न गरेका हुन् । उनको छोराको अन्य युवतीसँग माया बसेको थियो । त्यसैले मण्डपबाट भागेका थिए ।-एजेन्सी