आमाहरुले नै म हिंसा गर्दिन भन्ने वातावरण बनाउनुपर्छ : सांसद गुरुङ

पोखरा, २३ मंसिर ।

गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले म हिंसा गर्दिन भन्ने वातावरण बनाउन आमाहरु नै जुट्नुपर्नेमा जोड दिएकी छन् ।
पहिला आफू हिंसामुक्त बन्दै घर, समाज र राष्ट्रलाई हिंसारहित बनाउनुपर्नेमा उनको जोड छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलवार तमु महिलाहरुका लागि आयोजित लैंगिक हिंसा र कानूनी सचेतना कार्यक्रममा सांसद गुरुङले महिलाहरुले पनि सामाजिक, साँस्कृतिक, राजनीतिक चेतनासहितको नेतृत्व गर्न आवश्यक रहेको बताइन् ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको ऐतिहासिकता, लिंगीय आधारमा हुने विभेदभावका साथै हिसांका स्वरुपका बारेमा जानकारी गराएका थिए । सचेतना, जागरुकता बिना हिंसा न्यूनीकरण गर्न नसकिने भएकाले आमाहरु सचेत भई हिंसा विरुद्ध अभियानमा जुट्नुपर्नेमा उनको जोड थियो ।

लैंगिक हिंसा र कानुनी विषयमा सहजीकरण गर्दै तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले बोल्ने सँस्कृतिको विकास नगरेसम्म पलपलमा लैंगिक हिंसा भइरहने बताइन् ।

उनले हिंसा, लैंगिक हिंसा, नेपाली समाजको व्यवहारिकता र ऐन कानूनमा भएका व्यवस्थाका बारेमा तमु महिलाहरुलाई जानकारी गराएकी थिइन् ।

तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पञ्चकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष पवित्र गुरुङले स्वागत र महासचिव विना घलेल संचालन गरेकी थिइन् ।

आर्थिक सहयोग

आमा समितिलाई सहकोषाध्यक्ष आशकाशी गुरुङको छोरी स्मिता गुरुङको तर्फबाट ५५ सय रुपैयाँ सहयोग गरिएको थियो ।

उक्त अवसरमा नेपाल स्टारको टप १० प्रतिस्पर्धी पोखरेली चेली एलिना गुरुङलाई स्टारको उपाधि दिलाउन आमा समितिका आमाहरुले ५२ सय ५० रुपैयाँ सहयोग गरेको एलिना गुरुङ जिताऔं समितिकी सदस्य समेत रहेकी पवित्रा गुरुङले जानकारी दिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close