अंशिका शर्मा बनिन् मिस नेपाल युनिभर्सको विजेता

पोखरा, १६ पुस ।

गैर आवासीय नेपाली युवती अंशिका शर्मा मिस नेपाल युनिभर्सको विजेता बनेकी छिन् । मिस नेपाल ओशियानाको फस्ट रनर अप (उपविजेता) रहेकी २४ वर्षीया शर्मा अन्य १७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस नेपाल युनिभर्स २०२० को ताज पहिरिन सफल भएकी छिन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलले प्रवासी नेपालीहरुको दोश्रो पुस्ताले पाएको यो सफलताले एनआरएनहरुलाई गौरवान्वित बनाएको भन्दै खुशी ब्यक्त गरे ।

बेल्जियमबाट प्रतिनिधित्व गरेकी अर्की गैर आवासीय नेपाली युवती ज्योती भट्ट निर्णायकहरुको रोजाईमा टप फाइभमा परेकी भए पनि दर्शकको भोटिङबाट पछाडि परेकी थिइन् ।

प्रतिभाहरुको अत्यन्त कडा प्रतिस्पर्धा रहने मिस नेपाल युनिभर्स जस्तो ख्यातिप्राप्त प्रतियोगितामा गैरआवासीय नेपालीहरुको प्रस्तुति उच्चस्तरको भएको निर्णायकहरुले प्रतिकृया दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close