अटोमोवाइल डिलर्स एशोसिएसनको अध्यक्षमा मोहनबाबु खड्का निर्वाचित

पोखरा, १८ पुस ।

पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसनको अध्यक्षमा मोहनबाबु खड्का निर्वाचित भएका छन् । संस्थाको आठौं अधिवेशनबाट खड्का अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राघव सिलवाल, महासचिवमा दीपेन्द्र कोइराला, कोषाध्यक्षमा शिव श्रेष्ठ र सचिवमा निरन केसी चयन भए ।

यसैगरी कार्यसमिति सदस्यहरुमा विनय थापा, टिकाकुमारी गुरुङ, अशोक कुमार कार्की, दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी र मनोज थापा चयन भए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close