पुस महिना र सोमबार जन्म भएका व्यक्ति कस्ता हुन्छन् ?

पोखरा, २० पुस ।

पुस महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।

यसैगरी सोमबार जन्म भएका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । उनीहरु मृदुभाषी हुन्छन् तर पनि उनीहरु मुढी स्वभावका हुन्छन् ।

सोमबार जन्मने मानिस संवेदनशील हुन्छन् तर, चाडै नर्भस हुने, पढाईमा तिक्ष्ण र आफ्नो करियरमा निकै माथि पुग्न सफल हुन्छन् ।

यसैगरी सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् भने पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायःजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

सोमबार जन्मिएका मानिस सौन्दर्यमा निकै ध्यान दिन्छन् र सुन्दरताले धेरै जसोलाई आकर्षित पनि गरेको हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close