मुक्तिनाथ विकास बैंकको लाभांश पारित

पोखरा, २५ पुस ।

मुक्तिनाथ विकास बैंकको १४औं वार्षिक साधारणसभाबाट लाभांश लगायतका अन्य विषय पारित भएको छ ।

साधारणसभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरुसहित आ.व. ०७६/०७७ को मुनाफाबाट शेयर धनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस शेयरसहित) १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बौं सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत गरेका थिए । यस्तै बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना व्यक्त गरेका थिए ।

उक्त अवससरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

साथै, बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराइएको थियो ।

साधारणसभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी शेयर धनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । शेयर धनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close