३५ वर्षकी काकी र २० वर्षका भतिजोबीच अनैतिक सम्बन्ध, गर्भ बसेपछि काकीको हत्या (घटनाक्रमसहित)

सुरेशराज अधिकारी
पोखरा, ४ पुस ।

लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. ४ दूराडाँडा चारघरेकी ३५ वर्षीया धनमाया भुजेलको हत्या भएको छ । उनको हत्या आरोप आफ्नै भतिजो (जेठाजू, देवरको छोरा) २० वर्षका सागर भुजेलमाथि लागेको छ । सशस्त्र प्रहरीमा भर्ना हुनका लागि मेडिकल गर्ने तयारीमा रहेका सागरलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।

पोखराको अमरसिंहचोकस्थित अन्नपूर्ण अस्पतालमा मेडिकल गराउन लागेका बेला उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले सागरलाई पक्राउ गरेको हो । सागरले सशस्त्र प्रहरीको भर्ना प्रक्रियामा गर्नुपर्ने दौड र बाधापार परीक्षण पास गरेका थिए ।

यस्तै धनमायाको हत्यामा सागरलाई सहयोग गरेको आरोपमा २० वर्षका विकास भुजेल पनि पक्राउ परेका छन् । दुवै जनालाई शुक्रबार लमजुङ जिल्ला अदालतबाट १५ दिनका म्याद थप गरी अनुसन्धान अघि बढाएको बताइएको छ । स्रोतका अनुसार सागर र धनमायासंग अनैतिक सम्बन्ध रहेको र सम्बन्धकै क्रममा गर्भ बसेको थाहा पाएर सम्बन्ध लुकाउनका लागि हत्या गरेको सागरले प्रहरीसंग स्वीकार गरेका छन् ।

यस्तो छ घटनाक्रम

सुन्दरबजार-३, स्वाँराका सागर धनमायाका भतिजा (जेठाजू, देवरको छोरा) र विकास नाताले भान्जा हुन् । सागरले एक वर्षदेखि कार्की धनमायासंग सम्बन्ध राख्दै आएका थिए । यस्तैक्रममा धनमाया गर्भवती भइन् । यो कुरा छिमेकीले गाइँगुइँ कुरा गर्न थाले । छिमेकीले धनमायामाथि शंका पनि गर्न थाले । धनमायाका श्रीमान ध्रुव भुजेल घरमै छन् तर उनले स्थायी बन्ध्याकरण गरेको लामै समय भइसकेको छ ।

करिब एक महिना अघि आफू गर्भवती भएपछि र छिमेकीले पनि शंका गर्न थालेपछि धनमायाले सागरलाई भनिन् । सागरलाई आपत पर्यो । २० वर्षका ठिटो, जोशमा होस् भएन । निकै धेरै तनावमा परे । निकै आत्तिए । उनले आफ्नो मिल्ने साथी विकासलाई यो घटना सुनाए । विकासले पनि समस्याको समाधानका बारेमा सोच्न सकेनन् । सागरको दिमागमा पनि केही उपाय फुरेन । सागरको दिमागमा एउटा मात्रै उपाय फुर्यो, त्यो हो काकी (धनमाया) को हत्या गर्ने । यसमा विकासले पनि समर्थन जनाए । तर तत्कालै सम्भव भएन । उनीहरुले एक महिनासम्म हत्याको योजना बनाउँदै गए । उनीहरुले एक महिनाको प्रयासमा गत बुधबार धनमायाको हत्या गरे ।

कसरी भयो हत्या ?

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाबहादुर थापाका अनुसार गंगामायाको हत्या गत बुधबार बिहान भएको हो । सागरको बयानलाई उद्धृत गर्दै डिएसपी थापाका अनुसार धनमायाका पति ध्रुव गाउँकै एक गाई फार्ममा काम गर्छन् । उनी सबैरै फार्ममा जान्थे । बुधबार ध्रुव काममा गए, नगएको बुझनका लागि सागरले धनमायालाई बिहान ५ः३० नै फोन गरेका थिए ।

निकै तनावमा रहेकी धनमायाले श्रीमान घरमा नभएको, काममा गइसकेको सागरलाई फोनमा बताइन् । त्यसपछि विकासलाई लिएर सागर धनमायाको घरमा पुगे । धनमाया घरमा एक्लै थिइन् । त्यसपछि सागरले धनमायाले लगाएको सल धनमायाकै घाँटी कस्न खोजे । तर सागरको हातबाट फुत्किएर धनमायाले गुहार माग्न कोसिस गरिन् । त्यसपछि सागरले विकासलाई ढुंगा ल्याउन भने । विकासले हत्तपत्त ढुंगा खोज्दा नजिकै जाँतो भेट्टाए । त्यसपछि दुवै जनाले जाँतो समातेर धनमायाको टाउकोमा बजारे । अनि धनमायाको इहलिला समाप्त भयो । त्यसपछि सागर र विकासले धनमायाको शवलाई बोलामा बेरेर सेफ्टी ट्यांकीमा हालिदिए ।

ध्रुवकी कान्छी श्रीमती थिइन् धनमाया

३५ वर्षकी धनमाया ध्रुवकी कान्छी श्रीमती हुन् । ध्रवका जेठी श्रीमती पट्टिका दुई सन्तान छन् । ध्रुव जेठी श्रीमतीसंग नबसी कान्छी श्रीमती धनमायासंग बस्दै आएका थिए । धनमायासंग दोस्रो विवाह गर्दा ध्रुवले स्थायी बन्ध्याकरण गरिसकेका थिए । ध्रुवसंग धनमायाको पनि दोस्रो विवाह भएको खुलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close