समाचार

माघ १०, २०७७ शनिबार

तनहूँ, १० माघ ।

तनहूँका एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । तनहूँको व्यास व्यास नगरपालिका वडा नं. ११ दरैपँधेरामा यो घटना भएको हो ।

७१ वर्षीया लक्ष्मीमाया दरैको ३८ वर्षका छोरा प्रेमले बिहीबार राति लाठी प्रहार गरेर हत्या गरेको तनहूँ प्रहरीले जनाएको थियो ।
प्रहरीका अनुसार मदिरा सेवन गरेर उनले घरमै रहेकी आमाको टाउकोमा लाठी प्रहार गरेका हुन् ।

स्थानीयका अनुसार जग्गासम्बन्धी विषयमा विवाद भएको र गालीगलौज गर्दै आफ्नै आमामाथि आक्रमण गरेका थिए । उनले उद्धार गर्नेलाई पनि रोकेका थिए ।

प्रहरीले प्रेमलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । पोष्टमार्टम पश्चात मृतक वृद्धाको शुक्रबार अन्त्येष्टि गरिएको छ ।