मालीको सीमा नजिकै संदिग्ध चरमपन्थी हमलामा कम्तीमा ५६ को मृत्यु

पोखरा, १९ पुस ।

नाइजरमा संदिग्ध इस्लामी चरमपन्थीले मालीको सीमा नजिकै एक गाउँमा हमला गरेर कम्तिमा ५६ व्यक्तिको हत्या गरेका छन् । रिपोर्टका अनुसार हमलामा २० जना घाइते पनि भएका छन् ।

स्थानीय अधिकारीले बीबीसीसँग टिल्लाबेरी इलाकामा चामोबांगोऊ नामको गाउँमा हमला भएको पुष्टि गरेका छन् । यो इलाकामा सन् २०१७ देखि नै आपतकाल लगाइएको छ ।

हालका महिनामा यो इलाकामा छिमेकी देशबाट माली आउने संदिग्ध जेहादीले विभिन्न हमला गरेका छन् । यस्तै समाचार एजेन्सी एएफपीले अधिकारीलाई उद्धृत गर्दै दुई गाउँ हमलाको शिकार भएको र मृत्यु हुनेको संख्या ७० सम्म पुग्नसक्ने जानकारी दिएको छ ।

एएफपीको रिपोर्ट अनुसार जारोमदायेर नामको गाउँ पनि हमलाको शिकार भएको छ जहाँ दर्जनौं मानिसहरुहरु मारिएका छन् ।

यी हमलामा अहिले नाइजर सरकारले कुनै टिप्पणी गरेको छैन । पश्चिमी अफ्रिकी देश नाइजरमा अल कायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थीले पहिले पनि थुप्रै हमला गरिसकेका छन् । गत वर्ष भएको हमलामा सयौंको ज्यान गएको थियो ।

छिमेकी देश नाइजेरियामा सक्रिय चरमपन्थी संगठन बोको हरामले अघिल्लो महिना दक्षिण पूर्वको दीफा इलाकामा कम्तिमा २७ जनाको हत्या गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close