राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन शुरु

पोखरा, २२ पुस ।

पोखरा महानगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन कार्य सुरु भएको छ । बुधबार पोखरा महानगर नगरपालिका वडा नं. ४ का वडाध्यय शंकर प्रसाद बाँस्तोलाको राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन कार्य शुभारम्भ गरे ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटर लगायतका आवश्यक उपकरणहरु राखेर काम सुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचय पत्र रुजु अधिकारी विष्णु प्रसाद लामिछानेले जानकारी दिए ।

वडाध्यक्ष बाँस्तोलाले नेपाली नागरिकता भएका जुनसुकै भूभागका व्यक्तिहरुले राष्ट्रिय परिचय पत्रका लागि विवरण भराउन सक्ने बताए ।

जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्य रहेको उनले बताए ।

‘अनेकन परिचय पत्र (लाइसेन्स, प्यान कार्ड, विवाह दर्ता) अब बोक्नु पर्दैन,’ उनले भने, ’अब पाइने राष्ट्रिय परिचय पत्रमा यी सबै सबै परिचय पत्रमा उल्लेख गरिएका सबै विवरण हुन्छ ।’

राष्ट्रिय परिचय पत्र डिजिटल हुन्छ । राष्ट्रिय परिचय पत्रमा भएका विवरणहरु ’रिडेबल मेसिन’ मार्फत हेर्न सकिन्छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १ देखि ५ सम्म पहिलो चरणमा तथ्याङ्क संकलन सुरु गरिएको राष्ट्रिय परिचय पत्र रुजु अधिकारी लामिछानेले जानकारी दिए । पहिलो चरणमा पाँच वटा वडाबाट सुरु गरिएको बताउँदै आईतबारबाट वडा नम्बर ६ देखि दोश्रो चरण सुरु गरिने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close