‘प्राकृतिक स्रोत र साधन सबैको साझा सम्पत्ति’

पोखरा, ६ पुस ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ शर्माले प्राकृतिक स्रोत र साधन सबैैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा साझा धारणा हुनुपर्नेमा जोड दिएका छन् । उनले पृथ्वी सबैको साझा भएकाले यसको पर्यावरण जोगाउने जिम्मेवारी पनि सबैको साझा हुने बताएका हुन् ।

संचारिका समूह नेपालद्धारा आयोजित वातावरणीय संरक्षण तथा लैंगिकता र सामाजिक समावेशिकरण विषयक अभिमुखीकरण कार्यक्रममा उनले पछिल्लो समय जलवायु परिवर्तनले वातावरणमा विभिन्न समस्या देखिएको उल्लेख गर्दै पृथ्वीलाई दिगो रुपमा बचाउन लागि बनेका ऐन नियमहरुको कार्यान्वयन महत्वपूर्ण हुने बताए ।

उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका गण्डकी प्रदेशका सचिव डा. महेश्वर ढकालले वातावरण संरक्षण तथा वन्यजन्तु संरक्षणको विषयमा प्राकृतिक स्रोत र साधनको रुपमा निकै धनी भए पनि त्यसको सहि प्रयोग र व्यवस्थापन गरेर आर्थिक उपार्जनमा लगाउन नसकिएको बताए ।

कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले प्राकृतिक स्रोत र साधन माथि महिलाको पहुँच र नियन्त्रण हुन नसक्दा संरक्षकको भूमिकामा मात्र महिला रहेको बताइन् ।

सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष दोवबहादुर कार्कीले वन वातावरण संरक्षणमा महिलाको भूमिका अतुलनीय रहेको बताए ।

प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले प्राकृतिक स्रोत साधन पहुँचमा महिलाको सहभागिता बढाउन स्पष्ट नीति नियमको खाँचो औंल्याए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले वातावरणीय मुद्दामा पत्रकारहरुले उजागार गर्दै वन वातावरण पर्यावरण भित्रका गहन विषयको खोजी जरुरी रहेको बताए ।

समूहका केन्द्रीय सदस्य विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका गण्डकी प्रदेशका उपाध्यक्ष राधिका कँडेल, महासचिव कविता श्रेष्ठले पनि बोलेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close