नेलम्बोद्वारा सृजना बहिरा स्कूल र गुरुकुल आश्रममा सहयोग

पोखरा, १३ पुस ।

पोखरा महानगरपालिका वडा नं. ४ स्थित नेलम्बो नेपालले पोखरा २६ स्थित सृजना बहिरा माध्यमिक विद्यालयलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको छ ।

कोरोनाको विषम् परिस्थितिमा पनि अध्ययन अध्यापन गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको संस्थाले जनाएको छ ।

सहयोग गरिएको स्वास्थ्य सामग्रीमा ज्वरो नाप्ने थर्मल गन, माक्स, फेस सिल्ड, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, स्प्रे बोतल, साबुन लगायत रहेका छन् ।

संस्थाका अध्यक्ष एकदेव देवकोटाले प्रधानाध्यापक अनिता सिग्देल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

संस्थाका अध्यक्ष देवकोटाले विशेष अवस्थाका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा स्वास्थ्य सावधानी अपनाएर शिक्षण गर्न साथै शिक्षक विद्यार्थी र कर्मचारीको मनोवल उच्च होस् भन्ने हेतुले सामग्री हस्तान्तरण गरेको बताए ।

वडाध्यक्ष नारायण बरालले विद्यालयमा कसरी स्वास्थ्य सावधानी अपनाएर दैनिक कक्षा सञ्चालन गर्ने भन्ने अन्यौल भएको बेलामा नेलम्बो नेपालले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएसँगै भौतिक रुपमा विद्यालय सञ्चालन गर्न सकिने आधार तय भएको बताए ।

यसैगरी नेलम्बोले नदीपुर स्थित महर्षि गुरुकुल वेद विद्याश्रममा पनि स्वास्थ्य सामग्री हस्तान्तरण पनि गरिएको छ । विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेललाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले संस्थाको बारेमा चर्चा गरेका थिए ।

यता, नेलम्बोले कोभिड १९ सम्बन्धी दुई दिने सचेतना कार्यक्रम पश्चिमाञ्चल माध्यमिक विद्यालय गैह्रापाटनमा सञ्चालन गरेको छ ।

नेलम्वोका स्वास्थ्य प्रबर्धन अधिकृत निर्मला देवकोटा र खोजी अधिकृत समिका बस्नेतले कार्यक्रमको  सहजीकरण गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close