नेपाली सेनामा भर्ना आह्वान, कुन पदमा कति जना ?

पोखरा, २१ पुस ।

नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमलदार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सूचिकार, कुचीकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सय पदहरूमा भर्ना खुल्ला गरेको हो ।

सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यसैगरी अमलदार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पूजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकिएको छ । अन्य पदमा एक सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ ।

नारायणहिटी उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा दरखास्त फारम वितरण र सङ्कलनको व्यवस्था मिलाइएको छ ।

दरखास्त दिने अन्तिम मिति माघ २१ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म दरखास्त बुझाउन सकिने जङ्गी अड्डाले जनाएको छ ।

यस्तो छ सूचना

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close