भाषा संघ नेपालको पाँचौ साधारणसभा

पोखरा, २६ पुस ।

भाषा संघ नेपालको पाँचौ साधारणसभा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा भाषा संघ नेपालका संस्थापक अध्यक्ष युवराज खनालले जापानिज भाषालाई प्रशिक्षण र परामर्श गराउँदा सरकारी नियमनकारी निकायको दायरामा रही काम गर्न आग्रह गरे ।

आगामी दिनमा संस्थालाई मजवुद र मर्यादित बनाउनका लाीग आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे ।

भाषा संघ नेपालका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले संस्था आर्थिक हिसावले कमजोर भएकोले संस्थाको आर्थिक वृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।

संस्थाका महासचिव मोतीप्रसाद श्रेष्ठले जापानमा अध्ययनका लागि परामर्श दिइने क्षेत्रमा कोरोनाले ठूलो प्रभाव पारेको बताए ।

संस्थाका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बालकृष्ण शर्माले सञ्चालन र प्रथम उपाध्यक्ष पूर्ण चन्द्र न्यौपानेले स्वागत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close