पोखरामा नेविसंघद्धारा सिठ्ठी जुलुस प्रदर्शन

पोखरा, २८ मंसिर ।

नेपाल विद्यार्थी संघ कास्कीले आइतबार पोखरामा सिठ्ठी जुलुस निकालेको छ । नेपाली कांग्रेसको आयोजनामा मंसिर २९ हुने विरोध कार्यक्रमलाई सफल बनाउन नेविसंघले सिठ्ठी जुलुसको निकालेको हो ।

नेपाल विद्यार्थी संघको केन्द्रीय समिति निर्देशनमा ७७ वटै जिल्लामा यो कार्यक्रम गरिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए ।

नेविसंघ पृथ्वीनारायण क्याम्पस इकाइ सभापति दिपक शर्मा वाग्लेले कोरोना महामारीको समयमा सरकार सुतिरहको जस्तो देखिएकोले सिठ्ठीको आवाजमार्फत उठाउन खोजिएको बताए ।

नेपाली कांग्रेसको पार्टी कार्यालय चिप्लेढुंगाबाट शुरु भएको जुलुस विपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाली कांग्रेसका सभापति कृष्ण केसीले संबोधन गरेका थिए । उनले भ्रष्ट सरकार विरुद्ध सबै जनता सडकमा आउन आवश्यक रहेको बताए ।

कोणसभामा नेविसंघका पूर्व केन्द्रीय सदस्य सरोज केसी, नेविसंघ पोखरा विश्वविद्यालय इकाइ सभापति फिरोज सुवेदी लगायतले पनि बोलेका थिए ।

नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सभापति विकास थापाको अध्यक्षतामा भएकमो कार्यक्रमको सञ्चालन पूर्व सभापति विक्रमआदित्य गिरीले गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close