नेविसंघको आह्वान, ‘पुस १३ गते सडकमा झरौं, ओलीको सर्वसत्तावादविरुद्ध लडौं’

पोखरा, ११ पुस ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारको निर्णय विरुद्ध पुस १३ गते सबैलाई सडकमा सबै नागरिकलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाली कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम गर्दैछ ।

नेवसंघले सबै लोकतन्त्रवादी शक्तिले सरकारको असंवैधानिक कार्यको विरोध गर्नुपर्ने भन्दै नेविसंघ घरघर र टोलटोलबाट सडकमा आउन आग्रह गरेको छ ।

नेविसंघ कास्की क्षेत्र नं. १ ले शनिबार पोखराको तालचोकमा एक कार्यक्रम गर्दै सरकारको निर्णयको विरोध गरेको हो । पुस १३ गते कांग्रेसको कार्यक्रमबारे जानकारी दिन नेविसंघले सचेतनामूलक कार्यक्रम आयोजना गरेको नेविसंघका पूर्व केन्द्रीय सदस्य सरोज केसीले जानकारी दिए ।

कार्यक्रमलाई संवोधन गर्दै नेपाली कांग्रेसका नेता राजेन्द्रमणि लामिछानेले सरकारले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लग्नुका साथै संविधानमाथि नै पनि आक्रमण गरेको आरोप लगाए । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध सबै जनता सडकमा आउनुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री ओलीको राष्ट्रबाद रद्दीको टोकरीमा पुगेको भन्दै कांग्रेसले उनको अधिनायक र सर्वसत्तावादी चरित्रलाई उदांगो बनाएरै छाड्ने चेतावनी दिए ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सरोज केसीले अबको चुनावमा नेपाली कांग्रेसले आफ्नो अशली शक्ति देखाइदिने बताए । उनले अबको चुनावमा सबै स्थानमा अन्य पार्टीले जमानतसमेत गुमाउनुपर्ने अवस्था आउने स्पष्ट पारे ।

नेविसंघको विरोध कार्यक्रममा संवोधन गर्दै नेविसंघका पूर्व केन्द्रीय सदस्य सरोज केसी । तस्वीर : गण्डकी भ्वाइस ।

नेकपाको घर झगडाकै कारण प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक कदम चालेको भन्दै उनले यसका विरुद्ध आँधीवेहोरी ल्याउने चेतावनी दिए ।

नेपाल तरुण दलका नेता सुरजजंग राणाले प्रधानमन्त्री ओलीले देश र जनतालाई धोका दिएको भन्दै यसका विरुद्ध सबै एक जुट हुन आवश्यक रहेको बताए ।

नेविसंघ कास्कीका निवर्तमान अध्यक्ष विकास थापाले प्रजातन्त्र रक्षका लागि कांग्रेस र नेविसंघले जस्तोसुकै त्याग र बलिदानी दिन तयार रहेको बताए ।

नेविसंघ कास्कीका पूर्व सभापति कल्याणबाबु भण्डारीले यसअघिका लडाइँहरु सत्ता र स्वार्थका लागि भएको भन्दै राजनीति आवेग र भावनामा आएर गर्न नमिल्ने बताए ।

नेविसंघ क्षेत्रीय सभापति सागर रानाभाटको अध्यक्षतामा भएको विरोध कार्यक्रममा नेताहरु राजीव भण्डारी, टेनिश श्रेष्ठ, आशिक गुरुङ, सागर अधिकारीलगायतले प्रधानमन्त्री ओलीको सर्वसत्ताबाट र अधिनायकवाद अब धेरै दिन नटिक्ने चेतावनी दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close