आज नेपाली टोपी दिवस, टोपी नितान्त नेपाली हो : प्रतिष्ठान

पोखरा, १७ पुस ।
आज आठौं नेपाली टोपी दिवस । देशको मौलिक परम्परा र राष्ट्रियतासंग जोडिएकाले नेपालीले आजको दिनलाई महत्वपूर्ण र गौरवको दिन ठान्दछन् । अधिकांश नेपालीले टोपी लगाएर यो दिवस मनाउने गर्दछन् । नेपालमा पछिल्लोक्रममा हराउँदै गएको संस्कार र संस्कृतिलाई जोगाउन दिवसकै रुपमा मनाउन थालिएको छ ।
विकिपिडियामा उल्लेख भएअनुसार ढाका टोपी वा धाका टोपी ढाकाको कपडाबाट बनेको एक शिरपोश हो । ढाका टोपी नेपालीहरूको मौलिक पोशाक पनि हो । नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी निकै चर्चित छन् । यो टोपी बाहुन, क्षेत्रीले मात्र नभएर सबै जाति जनजातिले निकै सम्मानका साथ लगाउँछन् ।
नेवारी भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ । म्हपूजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।
त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा (खस भाषा) मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ अहिले पनि त्यो शब्दको उच्चारण हुन्छ ।
उहिलेका जमानामा घरेलु धागाबाट मुख टाउको छोप्ने मखरल, टोपी र महिलाहरूले टाउकामा बाध्ने स्काप पनि बनाइन्थ्यो । सुरुवातमा धाका टोपी भनिन्थ्यो । पछि गएर यसको व्यापकता हुँदै जादा धाका टोपीलाई नै आजकाल ढाका टोपी भनिन्छ । जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको छ । केहि मानिसहरु ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर पनि कुरा गर्छन् । तर्क गर्न र विविध कोण वा विचारबाट घटना र वस्तुको विश्लेषण गर्नु सही भए पनि ढाका टोपी चै नितान्त नेपाली उत्पादन नै हो ।
केहि विश्लेषकहरूले टाउको ढाक्ने हुनाले टाउको ढाक्ने टोपीलाई कालान्तरमा ढाका टोपी भनियो भनेर पनि भनेका छन् । नेपालमा धेरै प्रकारका टोपीहरु हजारौं वर्षदेखि लगाउने गरिएको छ । ढाका टोपी धेरै प्रकारका टोपीहरूमध्येको एक नेपाली टोपी हो ।
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस“ र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो । तत् अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।
नेपाली टोली प्रतिष्ठानद्धारा शुभकामना व्यक्त
यसैबीच नेपाली टोली प्रतिष्ठान गण्डकी प्रदेशले टोपी दिवसका अवसरमा शुभकामना व्यक्त गरेको छ । संस्थाका अध्यक्ष महेश्वरसिंह भण्डारी र सचिव सचिन रानाभाटले एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सर्वप्रथम, संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हरेक क्षेत्रमा जमघट, भेटघाट तथा सामाजिक कार्यहरु बर्जित भएको यस दुःखद् घडिमा देशको राष्ट्रियतासंग जोडिएको नेपाली टोपी तथा आठौं नेपाली राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकी प्रदेशको तर्फबाट हार्दिक शुभकामना तथा शुभेच्छा प्रकट गर्दछौं ।’
हालको समयमा कोभिड महामारी र यसले मानव स्वास्थ्यमा पार्न सक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस वर्ष टोपी प्रतिष्ठान गण्डकीका तर्फबाट भौतिकरुपमा मानिसहरु भेला भइ गरिने कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगरिएको भन्दै संस्थाले संसारभर विभिन्न मुलुकमा वसोवास गर्ने सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा यस पटकको टोपी दिवस सामाजिक दूरी कायम गरी, स्वास्थ्य सम्बन्धी सबै नियमहरु पालना गरी नियम परिधिभित्र रही मनाउन आग्रह गरेको छ ।
प्रतिष्ठानद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ । जून एउटा अपभ्रम र मिथ्या मात्रा हो ।’
प्रेस विज्ञप्ति
सर्वप्रथम, संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हरेक क्षेत्रमा जमघट, भेटघाट तथा सामाजिक कार्यहरु बर्जित भएको यस दुःखद् घडिमा देशको राष्ट्रियतासंग जोडिएको नेपाली टोपी तथा आठौं नेपाली राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकी प्रदेशको तर्फबाट हार्दिक शुभकामना तथा शुभेच्छा प्रकट गर्दछौं ।
हालको समयमा कोभिड महामारी र यसले मानव स्वास्थ्यमा पार्न नसक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस वर्ष टोपी प्रतिष्ठान गण्डकीका तर्फबाट भौतिकरुपमा मानिसहरु भेला भई गरिने कुनै पनि औपचारिक कार्यक्रमको आयोजना गरिएको जानकारी छैन । संसारभर विभिन्न मुलुकमा वसोवास गर्ने सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा यस पटकको टोपी दिवस सामाजिक दूरी कायम गरी, स्वास्थ्य सम्बन्धी सबै नियमहरु पालना गरी नियम परिधिभित्र रही मनाउनुहुन विशेष अनुरोध गर्दछौं ।
नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर वसोवास गर्ने सम्पूर्ण नेपालीहरुले आआफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछन् । नेवार भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ । म्हपूजा र भाइटीका गर्दा लगाइने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई ढाका भनिन्छ । ढाकाबाट बुनिएको टोपीलाई ढाका तपुलि भनिन्छ जसलाई खस भाषामा ढाका टोपी भन्ने गरिन्छ ।
ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ । जून एउटा अपभ्रम र मिथ्या मात्रा हो ।
र अन्त्यमा, नेपालभित्र र बाहिर वसावास गर्ने सम्पूर्ण नेपालीहरुले आआफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछन् । यस अवसरमा गण्डकी प्रदेशमा तथा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली मूलका सबै नागरिकहलाई यही पुस १७ गते (जनवरी १ तारिख, २०२१) का दिन आफ्नो अवस्था अनुकुल अनुसार नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन सहयोग गर्नु हुन विशेष अपिल गर्दछौं । धन्यवाद ।
महेश्वर सिंह भण्डारी
अध्यक्षसचिन रानाभाट
सचिव
नेपालि टोपी प्रतिष्ठान, गण्डकी ।मिति : २०७७ पुस १६ गते ।