मनोरञ्जन

माघ २३, २०७७ शुक्रबार

पोखरा, २३ माघ ।

चर्चित गायिका ईन्दिरा जोशी पोखरा आएकी छन् । उनी शुक्रबार दिउसो पोखरा आएकी हुन् । पोखराको बाटुलेचौरस्थित बाटुलेचौरकै पहिलो एबीसी मिनि मार्ट उद्घाटन गर्न उनी पोखरा आएकी हुन् ।

एक करोड लगानीमा सञ्चालनमा आउन लागेको एबीसी मिनि मार्टको शनिबार बिहान ११ बजे शुभारम्भ हुँदैछ । 

पोखरामा लामो समयदेखि फेन्सी व्यवसाय सञ्चालन गर्दै आएका नन्दकली बस्नेत, शुलोचना बस्नेत र दीपक बस्नेतले एबीसी मार्ट सञ्चालन गरेका हुन् । 

गायिका जोशीलाई पोखरा विमानस्थलमा मार्टका सञ्चालक दीपक बस्नेत र पोखरामा युवा व्यवसायी महेश्वरसिंह भण्डारीले स्वागत गरेका थिए । जोशी चर्चित गायन रियालिटी शो 'नेपाल आइडल'की जर्जसमेत हुन् ।