पोखरामा एलिना गुरुङको भव्य स्वागत (फोटो फिचर)

माघ ४, २०७७ आइतबार

पोखरा, ४ माघ ।

सिंगिङ रियालिटी शो नेपाल स्टार सिजन १ की उपाधिका दावेदार पोखरेली चेली एलिना गुरुङलाई पोखरामा भव्य स्वागत गरिएको छ । बिहान ११ बजे पोखरा उत्रिएकी उनलाई भव्य स्वागत गरिएको हो ।

गायिका एलिना सिंगिङ रियालिटी शो नेपाल स्टार सिजन १ मा फाइनलमा प्रवेश गरेकी छन् । डेञ्जर जोनमा कहिल्यै नपरेकी उनीे शनिवार राति प्रशारित कार्यक्रमसँग फाइनमा प्रवेश गरेकी हुन् ।

एक्ली महिला फाइनल प्रतिष्पर्धी गुरुङले फाइनल प्रवेशका लागि मदन सिंह नेपाली र सुक्मित गुरुङको स्वरमा रहेको रेलीमै रेलीमै रेलीमै लाहुरे दाईको रेलिमै बोलको गीत दमदार प्रस्तुति गरेकी थिइन् ।

नेपाल स्टार सिजन १ मा टप ५ बाट ४ अर्थात फाइनलमा पोखरेली चेली एलिना गुरुङसँगै काठमाडौंका सुरे्श लामा, ताप्लेजुङका लक्ष्मण लिम्बु, सुनसरीका सन्देश बोमजन लामा प्रवेश गरे भने पोखरा कै अमिन परियारको नेपाल स्टार सिजन १ को यात्रा टुंगिएको छ ।



एलिनालाई पोखरा उत्रिएपछि पोखरा परिक्रमा गर्दै उनले अध्ययन गरेको भद्रकाली उच्च मावि पुर्याइएको थियो । पोखरेली चेली एलिनालाई उपाधि दिलाउन सहयोगार्थ एवम प्रचारार्थ एलिना गुरुङ जिताऔं समितिले माघ ६ गते मंगलबार अपरान्ह ३ बजे पोखरा १२ माटेपानीस्थित केसी क्याटरिङ पार्टी प्यालेसमा कन्सर्ट आयोजना गरेको समितिकी सचिव रोशनी गुरुङले जानकारी दिइन् ।

गीत संगीतमै समर्पण हुने, गीत संगीत क्षेत्रबाट समाज, मुलुकलाई योगदान दिने अठोटसहित नेपाल स्टारमा सहभागी हुदै फाइनल प्रवेश गराउन साथ, सहयोग र अभियान संचालन गर्ने सम्पूर्णलाई धन्यवाद एवं आभार व्यक्त गरिन् ।

उपाधि दिलाउन आफूलाई सक्दो भोट गरिदिन एलिना गुरुङले सम्पूर्णलाई पुनःआग्रह गरेकी छन् ।

एलिनालाई उपाधिका लागि NS30 टाइप गरी 33001 नम्बरमा म्यासेज पठाएर र नेपाल टेलिभिजनको एप डाउनलोड गरी निःशुल्क र सशुल्क भोट गर्न सकिने सहयोग समितिले अनुरोध गरेको छ ।

फोटो : पुकार पुन