'नेपाल गोल्डेन आइडल' का प्रतिस्पर्धी देश दौडाहामा

माघ ७, २०७७ बुधबार

पोखरा, ७ माघ  ।

गायन तथा नृत्य प्रतियोगिता नेपाल गोल्डेन आइडलको सातौँ संस्करण अन्तिम चरणमा पुगेको छ । गोल्डेन स्टार मल्टिमिडियाको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रतियोगीहरु माघ ८ गतेदेखि देश दौडाहामा लाग्ने कार्यक्रम निर्माता तथा निर्देशक सरन गुरुङले जानकारी दिए ।

अन्तिम चरणमा पुगेका प्रतियोगीहरुलाई आआफ्नो गृह जिल्ला मात्र नभई देशब्यापीरुपमा चीरपरिचित गराउने उद्देश्यले लाइभ कन्सर्ट एवं म्युजिकल टूरमा सहभागी गराइने गुरुङले बताए ।

प्रतियोगीका ललितपुर किन्यो गाउँपालिका साँखुमा माघ ८ गते, सरस्वती मावि ईट्टा भट्टी दमक झापामा १० गते, सभापोखरी संखुवासभामा १२ गते, हलेसी खोटाङ्गमा १४ गते, सुखड कैलालीमा १६ गते, डडुवा गाउँपालिका बाँकेमा १७ गते र दाङ्गको तुलसीपुरमा १८ गते विशेष प्रस्तुति रहने छ । प्रतियोगीलाई स्थानीय कलाकारहरुले समेत साथ दिनेछन् ।

पोखरा लगायत नेपालभरबाट हजारौं संख्यामा सहभागी प्रतियोगिताका प्रतिस्पर्धीहे विभिन्न चरण पार गर्दै फाइनल चरणका लागि दुवै विधाबाट नौ जना छानिएको गुरुङले जानकारी दिए ।

प्रतियोगिताको निर्णायकमा वरिष्ठ गायक तथा संगीतकार रामभक्त जोजिजू, विनोद बानिया, कोरियोग्राफर तथा कार्यक्रम संयोजक निरुता गुरुङ र नृत्य निर्देशक जस्सु गुरुङ छन् ।