मनोरञ्जन

फागुन २, २०७७ आइतबार

पोखरा : नेपाल स्टार विजेता एलिना गुरुङको भ्यालेन्टाइन स्पेशल गीत ‘कति माया...’ हालै सार्वजनिक भएको छ । प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे को अवसरमा उक्त गीत सार्वजनिक भएको हो । 

नमस्ते ब्रोडकास्टिङ रेकडिङ स्टूडियोमा रेकर्ड गरिएको उक्त गीत सारङ्गी म्यूजिक स्टूडियो नामक यूटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

शाहिल गायकको प्रस्तुतिमा गीत निर्माण गरिएको हो । गीतको लेयर्स सुनिल गायक र अरेन्ज साहिल गायकको हो । गीतको मिक्सिङ डिका गुरुङले गरेकी हुन् भने डिजाइन र एडिट सविन गायकले गरेका हुन् ।

भिडियोमा हेरौं