समाचार
फागुन ६, २०७७ बिहिबार
पोखरा : अमेरिकामा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५३७ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख २ हजार ५४४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७१ हजार ६४० जनामा संक्रमण पुष्टि भएको छ । यस अघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा कोरना भाईरस संक्रमण पुस्टि भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८४ लाख नाघेको छ ।
संक्रमित मध्ये अहिलेसम्म १ करोड ८५ लाख ९६ हजार ४९७ जना संक्रमण मुक्त भएका छन् । उपचार गराइरहेका ९३ लाख ५४ हजार ४८५ जनामध्ये १८ हजार २२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।