समाचार
फागुन ९, २०७७ आइतबार
पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल गण्डकी प्रदेश, प्रदेश १, बागमती प्रदेशका पहाडी भूभागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहानैदेखि झलमल्ल घाम लागेको छ ।
आइतवार प्रदेश १ को पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
सोमवार गण्डकी, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
मंगलवार देशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
गण्डकी, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।- फाइल तस्वीर ।