देश

फागुन ९, २०७७ आइतबार

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पार्टीका अध्यक्ष कमल थापाले नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् ।

मुलुकमा पछिल्ला समय बिभिन्न राजनीतिक दलका नेताहरुको क्रियाकलापलाई लिएर टिप्पणी  गर्दै  अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने, धम्क्याउने काम गरेर गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् ।

‘सामाजिक सञ्जालमा अध्यक्ष थापाले भनेका छन्, प्रधानमन्त्रीले शनिबार विराटनगरबाट आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने चेतावनी दिनु, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध गर्नु र सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्याधीशविरुद्ध मुद्दा हाल्ने काम गर्नु गणतान्त्रिक देशमा गाइजात्रा भएको बताए ।