देश
फागुन ९, २०७७ आइतबार
काठमाडौं । कोभिड-१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड (१९ण्् विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको हो । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।
यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।