खेलकुद

फागुन १०, २०७७ सोमबार

पोखरा : इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा एसी मिलानविरुद्ध इन्टर मिलानले ३(० को  जित हात पारेको हो ।

मिलानको घरेलु मैदान सानसिरोमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले दुई गोल गरे । यस्तै रोमेलु लुकाकुले एक-गोल गरे ।

जितसँगै इन्टरले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । इन्टरले २३ खेलबाट ५३ अंक जोडेको छ । एसी मिलान २३ खेलमा ४९ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ ।