गण्डकी

फागुन १०, २०७७ सोमबार

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो । 

क्षयरोग उपचार केन्द्र, पोखरामा गरीएको परिक्षणमा ४ जना, र लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा.ली. पोखरामा १२ जना, र पोखरा स्वास्थ्य विज्ञानमा प्रतिष्ठानमा १ जना गरी जम्मा १७ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

कोरोना भाईरस संक्रमण हुनेहरुमा कास्की जिल्लाका १५ जना, तनहुँ जिल्लाका १ जना, र बागलुङ जिल्लाका १ जना रहेको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा लैजाने तयारी भैरहेको समेत जानकारी दिएको छ ।

यसैगरी हाल गण्डकी प्रदेशमा थप कोरोना भाईरस संक्रमितको संख्या १७ रहेको छ भने कुल संक्रमितको सख्याँ १५ हजार ९५५ रहेको छ ।