गण्डकी

फागुन १०, २०७७ सोमबार

पोखरा । म्याग्दीबाट पोखरा आउँदै गरेको जीप पर्वतमा दुर्घटनामा परेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ५ अम्वोटमा आज दिउसो २ बजे उक्त जीप दुर्घटनामा परेको हो ।

ग ३च १०९ नम्बरको जिप दुर्घटना हुँदा तीन जना घाइते भएको र उनीहरुलाई उपचारका लागि पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घाइते हुनेमा सबै जना म्याग्दीका हुन् । जसमा अन्नपूर्ण गाउँपालिकाका ६५ वर्षका भीमबहादुर पुन, ३० वर्षका विशाल गर्वूजा र वर्ष ३० कै तारा गर्वूजा रहेको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।-फाइल तस्वीर