राजनीति

फागुन ११, २०७७ मंगलबार

पोखरा । नेकपा गण्डकी प्रदेशका सहइन्चार्ज श्रीनाथ बरालले कुनै पनि सेटिङको भरमा सर्वोच्च अदालले गलत निर्णय नगर्ने दावी गरेका छन् । नेकपा पोखरा ३ कमिटीको आयोजनामा सोमबार पोखरामा भएको विरोध कार्यक्रममा नेता बरालले विधि र नियम विपरीतको निर्णय गर्न सर्वोच्च अदालतले कुनै पनि हालतमा गलत निर्णय नगर्ने दावी गरेका हुन् ।  

नेकपाको ४४१ सदस्यहरुमध्ये दाहाल नेपालको समूहमा एकसय बढी सदस्य भएको हुनाले निर्वाचन आयोगले पनि नेकपा आधिकारी पार्टी आफूहरुले नै पाउने दावी गरे । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विधि नीति र कानुन मिचेकोले उनको कदम विरुद्ध आफूहरु आन्दोलित हुनपरेको उनको भनाइ थियो । गण्डकी प्रदेशका संसाद रामजी प्रसाद बराल (जीवन) ले हाल सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्ने कार्यमा सचेत हुन आग्रह गरेका छन् । 

उनले भने, “संसद विघटन गरेको यो प्रतिगमनकारी सरकारले हाल सस्तो लोकप्रियताको लागि लालपुर्जा वितरण गर्न पनि खोजेको हुन सक्छ यसमा सम्पूर्ण सुकुम्बासीहरु यसमा सचेत भएर आफ्नो अधिकार लिन अग्रसर हुनु पर्छ ।” 

नेकपा पोखरा ३ कमिटीका अध्यक्ष भीम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश सदस्य कृष्ण नेपाली, तुल्सीघाट पूर्वाधार एवं बाटो निर्माण समितिका अध्यक्ष सहदेव वानिया लगायतले बोलेका थिए ।