गण्डकी
फागुन ११, २०७७ मंगलबार
पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ८ खनियाँघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नं. २ का ३७ बर्षका बाबुराम केसी रहेका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार साँधुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट २५ मिटर तलव खोल्सामा खसेको थियो ।
दुर्घटनामा परेका केसीको तत्काल उद्धार गरी प्रहरील बागलुङ अस्पतालमा पुर्याइएको थियो ।
अस्पतालले केसीलाई त्यतिबेलै मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।