गण्डकी

फागुन ११, २०७७ मंगलबार

पोखरा । नेपाली कांग्रेसका अगुवा नेता राम बहादुर लामाको निधन भएको छ ।

हाल मादी गाउँपालिका वडा नं. ३ एक्लेखेत निवासी लामा साविक थुमाकोडाँडा वडा नं. ४ का पूर्व वडाध्यक्ष पनि हुन् ।

स्व. लामाको आजै पोखरा महानगरपालिका वडा नं. १४ स्थित ह्याल्मो समाजमा अर्घौं गरिने बताइएको छ । 

यसैबीच नेपाली कांग्रेस मादीले लामाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी सचिव भानु ढकालले लामाको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको बताए ।

उनले स्व. लामाको वैकुण्ठवासको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।