राजनीति

फागुन ११, २०७७ मंगलबार

चितवन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतको जे फैसला हुन्छ त्यसलाई नै स्वीकार गर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतकोे संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएको भनेर समाचार सार्वजनिक भइरहेका बेला ओली निकट ‘पोखरेलले भने’ ‘सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताए ।’

ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले सरकारविरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमनको संज्ञा दिएको आरोप लगाए ।
उनले जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने बताए । निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने उनको भनाइ छ । ताजा जनादेशमा जानुनै सबैको हित हुने उनको भनाइ छ ।