राजनीति

फागुन ११, २०७७ मंगलबार

काठमाडौँ । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा नदिएको बताएका छन् ।  केही अनलाइन मिडियाहरुमा  राजीनामा दिएको समाचार प्रकाशित भएपछि खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका हुन् ।

‘उनले भने, ‘राजीनामा गरेको छैन । गर्ने अवस्था पनि छैन । गर्दा पनि गर्दिनँ । मेरा विरूद्ध चलाइएको हल्ला हो ।’

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा गरेको भनी आज बिहानैदेखि फिंजाइएको गलत हल्ला खेदजनक रहेको बताएका छन् ।