समाचार

फागुन १४, २०७७ शुक्रबार

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको पनि सरुवा भएको छ । उनको धादिङमा सरुवा गरिएको हो । ढकालको स्थानमा गृह मन्त्रालयबाट थानेश्वर गौतम आउने भएका हुन् ।

गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका हुन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।