गण्डकी

फागुन १४, २०७७ शुक्रबार

पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको जानकारी अनुसार पोखरामा १२ जना,पर्वतमा एक जना र लम्जुङमा एक जना गरि गण्डकी प्रदेशमा थप १४ जना संक्रमित थपिएका हुन् । 

संक्रमण पुष्टि हुनेमा क्षरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डायग्नोस्टिक पा.लि पोखरामा गरिएको परिक्षणमा महानगरपालिका वडा न.२, ३, १०, ११, १६, एक एक जना, वडा न. १७, १४, दुई दुई जना र वडा न.४ मा तिन जना साथै लम्जङ मध्यनेपालमा एक जना र पर्वत पैँयूमा एक जना संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवकता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।  

उनका अनसार पोखरामा भेटिएका संक्रमितमध्ये आठ जना पुरुष र छ जना महिला छन् । योसंगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ०१२ जना पुगेको छ ।