समाचार

फागुन १४, २०७७ शुक्रबार

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । जसका कारण पोखरामा वर्षा भएको छ । पोखरामा दिनभर मौसम विग्रिएको थियो भने साँझ ६ बजेदेखि वर्षा शुरु भएको हो । यो समाचार तयार गर्दै गर्दा अर्थात साँझ ७ः३० बजेसम्म वर्षा भइरहेको छ । 

जल तथा मौसम विभागका अनुसार आज शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने र केही स्थानमा वर्षा हुने जनाएको थियो । 

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको थियो । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ । -फाइल तस्वीर