मनोरञ्जन

चैत ६, २०७७ शुक्रबार

पोखरा । माओत्से गुरुङको म्यूजिक भिडियो ‘के गल्ती’ विमोचन गरिएको छ । प्रेम कथामा आधारित म्यूजिक भिडियो पोखराको फेवाताल र मुग्लान रेष्टुरेन्ट एण्ड बारमा छायाँकन गरिएको छ ।

उक्त म्युजिक भिडियो शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । एक युवक र युवती बीचको प्रेम सम्बन्धका बारेमा म्युजिक भिडियो तयार गरिएको छ । 
क्रेजी प्रडक्सनद्धारा म्यूजिक भिडियो तयार भएको हो । भिडियोमा सोफी धरेल र अनुप अधिकारीको मुख्य अभिनय रहेको छ । साथै राजेन्द्र थापा, ओम थापा र आकृति पण्डितले भिडियोमा साथ दिएका छन् । 

गीतमा मनोज बाँस्तोला र अनिल विकको स्वर रहेको छ । यस्तै भिडियोको निर्माता जुना अधिकारी, प्रडक्सन म्यानेजर डिवी गुरुङ, सहायक प्रडक्सन म्यानेजर अशिम सुवेदी, सहायक निर्देशकमा कमल गुरुङ रहेका छन् । 

यसैगरी म्युजिक भिडियोको सम्पादन र छायांकन खिमबहादुर गुरुङ, क्रियटिभ डिजाइन सविन गायक र आर्ट निर्देशन सूर्य सुनारले गरेका हुन् । भिडियो सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले म्युजिक भिडियो समग्रमा उत्कृष्ट रहेको प्रतिक्रिया दिंदै निर्माता र निर्देशकलाई शुभकामना दिए । 

निर्देशक माओत्से गुरुङले म्युजिक भिडियोको गीत र कलाकारका अभिनय निकै राम्रो भएको र उत्कृष्ट बनाउन सक्दो प्रयास गरिएको भन्दै सफल हुने दावी गरे ।

उक्त अवसरमा मुख्य कलाकार अनुप अधिकारी र सोफी धरेलले म्युजिक भिडियो तयार गर्दाको अनुभूति सुनाएका थिए । भिडियो निर्माता जुना अधिकारीको अध्यक्षतामा कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश अधिकारीले सञ्चालन गरेका थिए ।

भिडियोमा पनि हेरौं