समाचार

चैत २२, २०७७ आइतबार

पोखरा । नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । यही चैत २५ गते हुने निर्वाचनका लागि आज मनोनयन भएको हो । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी फिर्ता भने सोमबार हुनेछ । 

महासंघ कास्कीको २२ पदका लागि ४७ जनाको उम्मेदवारी परेको छ । जसमा अध्यक्षमा बिमला भण्डारी र केशव शरण लामिछाने रहेका छन् । यस्तै उपाध्यक्ष पदमा अर्जुन गिरी, रञ्जन अधिकारी र रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा जमुना शर्मा वर्षा र रविना आलेको उम्मेदवारी परेको छ । 

यसैगरी सचिव पदमा गौतम रानाभाट, माधव बराल र दीपक परियार, समावेशी सहसचिवमा दीपककुमार श्रेष्ठ र रेम बहादुर विक, सहसचिवमा मानबहादुर घर्ती (एमवी आस्था) र श्रीराम सिग्देलको उम्मेदवारी परेको छ । 

यस्तै कोषाध्यक्षमा एकराज गिरी, ओमप्रकाश उपाध्याय र कृष्ण दवाडी, आदिवासी जनजाति सदस्यमा खीमाकुमारी गुरुङ र पदम श्रेष्ठ, अन्य समावेशी सदस्य पदका लागि जैनव खातुन र सूर्यबहादुर परियारले उम्मेदवारी दिएका छन् ।

यसैगरी खुला कार्यसमिति सदस्य पदमा २२ जनाको उम्मेदवारी परेको छ । जसमा उमा आले मगर, कञ्चन थापा, कमल सुवेदी, गीता राना मगर, गौरव त्रिपाठी, धनबहादुर गुरुङ (सुमन), पुष्पराज दाहाल, प्रभु अधिकारी, विनिता सुनार खातुन, वीरेन्द्र सापकोटा, विष्णु गौतम, भीमबहादुर थापा (भीम भाई), भेषराज सुवेदी (जीवन सुवेदी), रोहितराज पराजुली, शिवराज वस्ताकोटी (शिव दाई), सन्तोष बस्याल, सन्तोष सुवेदी, सन्दीप पौडेल, सुरेश अधिकारी, श्रीभद्र पौडेल, युवराज गुरुङ (युनिश) र हरि पन्त रहेका छन् ।

यता, राष्टिय परिषद सदस्यमा १४ जना र प्रदेश परिषद सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ । 

को-को हन् उम्मेदवार ?